काठमाडौं । मलेसियामा रहेका रास्वपाका सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवाका विषयमा लामिछानेले चासो राखेका थिए ।
सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन राजदुतसँग आग्रह गरेका थिए ।
राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए । राजदूत पौडेलले सातामा एक दिन ९शुक्रबार फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ’मोवाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराए ।