आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानले नेपाललाई ५ रनले पराजित गरेको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा नेपाललाई १४६ रनको टार्गेट दिएको थियो तर नेपालले निर्धारित २० ओभरमा १४० रन बनाएको हो ।
ओमानसँग हार व्योहोर्दै उपविजेता बनेको नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।
कार्तिक १६, २०८० ०५:१९ मा प्रकाशित