दोस्रो पटक विश्वकपको उडान भर्दै नेपाली क्रिकेट टिम (भिडियाे)

सिधाकुरा

काठमाडाैँ । नेपाली क्रिकेट टिमले दोस्रो पटक देशको सपनाको उडान भर्दै छ । फुटबल, क्रिकेट लगायत विश्वप्रसिद्ध खेल खेल्ने हरेक खेलाडीको सपना हुन्छ, विश्वकप खेल्ने र विश्वलाई आफ्नो देशले विश्वकप खेलेको देखाउने । आज सोही सपनालाई नेपाली क्रिकेट टिमले विपनामा अनुभव गर्दैछ । विश्वले आज नेपाललाई हेर्दै छ । आज नेपाली क्रिकेट टिमले टी २० विश्वकप क्रिकेट खेल्दैछ । 


पहिलो पटक सन् २०१४ को टी २० विश्वकप खेलेको नेपालले १० वर्षपछि पुन विश्वकप खेल्न लागेको हो । अमेरिका र वेस्ट इन्डिजमा जुन १ गतेदेखि सुरु भएको टी २० क्रिकेट विश्वकपको पहिलो खेल नेपालले आज राति सवा ९ बजे नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । 

नेपालले दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्यान्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी २० शृङ्खलामा नेदरल्याण्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।  

विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’ मा रहेका छन् । नेपालको समूहमा नेदरल्याण्ड्ससँगै टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश पनि छन् । 

विश्वकपमा छनोट भएको त्यो दिन

नेपालले गत कात्तिक २३ गते अर्थात नोभेम्बर ३, २०२३ मा विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो । छनोट खेलमा युएईलाई हराउँदै नेपाल यो स्थानमा पुगेको हो । युएईविरुद्धको सो दिनको खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो । दुबै टोली गर या मरको अवस्थामा थिए । सो खेल हार्नेवित्तिकै नेपाल र युएई दुबै टिमको लागि २०२४ को विश्वकपको ढोका बन्द हुन्थ्यो । 

नेपालको आक्रामक बलिङको सामना गरेको युएईले १३५ रनको लक्ष्य दिएको थियो । नेपाल विश्वकपमा छनोट हुने आशा बोकेर हजारौँ दर्शक मूलपानी पुगेका थिए । ग्राउन्डदेखि घरका छतहरु तथा रुखहरुमा समेत दर्शकले भरिएका थिए । सो दिन नेपाली खेलाडीले दर्शकलाई निराश हुन दिएनन् । नेपालले १७।१ ओभरमा दुई विकेट गुमाउँदै १३५ रन बनायो । त्यसका लागि आसिफ शेखको अर्धशतकीय पारी महत्त्वपूर्ण रह्यो । युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान पक्का गर्यो । नेपाल विश्वकपमा छनोट भएपछि नेपाली दर्शकले मज्जाले खुशियाली मनाएका थिए । त्यसमा खेलाडीले पनि साथ दिएका थिए । 

को को छन् नेपाली टिममा ?

विश्वकप लागि छनोट भएको नेपाली टिममा कप्तान रोहितकुमार पौडेल ९कप्तान०, खेलाडीहरू आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । यी मध्ये टिम ११ मा को पर्छन् टस हुनु केहीबेर पूर्व नै थाहा हुनेछ । 

अब नेपाल बाट विश्वकप खेल्न गएका १५ खेलाडीका विगतमा कसको प्रदर्शन कस्तो छ त्यो बुझौँ ।  

रोहित पौडेल, क्याप्टेन

क्याप्टेन रोहित पौडेल विश्वकप अघि फुल फर्ममा छन् । विश्वकप अघि नेपालमा वेस्ट इन्डिजविरुद्ध खेलेको खेलमा रोहित एक्लै भिडेका थिए । उनले वेस्ट इन्डिजका दिग्गज खेलाडीहरूलाई एक्लैले च्यालेन्ज गरेका थिए । 

उमेरले मात्र २१ वर्षका मात्रै भएका कप्तान रोहित पौडेल राइट ह्यान्ड ब्याटर हुन् । उनले अहिलेसम्म ६१ ओडीआई खेलेका छन् । ओडीआईमा उनले १ सेन्चुरी र ९ हाफ सेन्चुरी प्रहार गर्दै १ हजार ५ सय ८६ रन बनाएका छन् । त्यस्तै टी २० अन्तर्राष्ट्रियमा रोहितले ४९ खेल खेलेका छन् भने ६ अर्धशतक हानेर उनले १ हजार १ सय ८ रन बनाएका छन् । ओडीआईमा पौडेलको स्ट्राइक रेट ७४.५६ रहेको छ भने टी २० मा १२४.९१ रहेको छ । 

दिपेन्द्र सिंह ऐरी

दिपेन्द्रसिंह ऐरीलाई फ्यानले टाइगर भनेर सम्बोधन गर्छन् । ऐरीसँग टी २० अन्तर्राष्ट्रियमा ९ बलमा अर्धशतक प्रहार गरेको विश्व कीर्तिमान छ । त्यस्तै उनी टी २० अन्तराष्‍ट्रिय क्रिकेटको एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने विश्वका तेस्रो खेलाडीमा आफ्नो नाम दर्ता गराएका छन् । यसअघि भारतका युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डका स्टुवार्ट ब्रोड र वेस्ट इन्डिजका कायरन पोलार्डले सन् २०२१ मा श्रीलङ्काका अकिला धनन्जयविरुद्ध ६बलमा ६ छक्का प्रहार गरेका थिए । 

दीपेन्द्रले ५५ एकदिवशीय अन्तर्राष्ट्रिय इनिङ्स खेलेका छन् । जसका क्रममा उनले एक शतक र ३ अर्धशतकसहित ८ सय ९६ रन जोडेका छन् । ओडीआईमा उनको स्ट्राइक रेट ७१.२२ रहेको छ । 

त्यस्तै टी २० तर्फ उनले हालसम्म ६४ खेल खेलेका छन् । जसका क्रममा उनले १ हजार ६ सय २ रन बनाएका छन् । टी ट्वान्टीमा उनको स्ट्राइक रेट १४६.७५ रहेको छ । त्यस्तै उनी उम्दा बलर पनि हुन् । उनले ओडीआईमा ३८ विकेट लिएका छन् भने टी २० मा ३७ विकेट लिएका छन् । 

कुशल भुर्तेल

राइट ह्यान्ड ब्याटर कुशल भुर्तेल नेपालका ओपनर हुन् । एसिया कपमा भारतविरुद्ध गरेको उनको आक्रामक प्रदर्शन अझैपनि हामी माझ ताजै छ । आक्रामक ब्याटिङले विपक्षीलाई  दबाबमा राख्ने क्षमता भएका कुशल पछिल्ला खेलहरूमा फर्ममा देखिएका छैनन् । जसले नेपाली दर्शकलाई केही चिन्तित पारेको छ । यद्यपि उनले देखाएका मास्टरक्लास खेलहरूका कारण विश्वकपमा उनले उम्दा प्रदर्शन गर्नेमा दर्शकहरू ढुक्क छन् । 

कुशल भुर्तेलले ओडीआईतर्फ ५२ खेल खेलेका छन् । सो क्रममा उनले ८ अर्धशतक र १ शतक प्रहार गर्दै १ हजार २ सय १९ रन जोडेका छन् । ओडीआईमा उनको स्ट्राइक रेट ८३.२६ रहेको छ । 

त्यस्तै टी २० मा कुशलले ५२ खेल खेलेका छन् भने ८ अर्धशतक र १ शतक प्रहार गर्दै १ हजार ८१ रन बनाएका छन् । टी २० मा उनको स्ट्राइक रेट १३०.०५ रहेको छ । 

करन केसी 

अलराउण्डर करन केसी राइट ह्यान्ड ब्याट्सम्यान हुन् भने राइट आर्म फास्ट बलर हुन् । सन् २०१८ को फेब्रुअरीमा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ नेपाले क्यानडाविरुद्व खेल्दै थियो । क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको थियो । १ सय ४४ रन बनाउँदा नेपालका नौ खेलाडी आउट भइसकेका थिए । जित्नका लागि नेपालले ४८ बलमा ५१ रन बनाउनुपर्थ्यो र एकजना मात्र खेलाडी बाँकी थिए । मैदानमा करन केसी प्रवेश गरे । उनले ४ छक्का र ३ चौका प्रहार गर्दै ३१ बलमा ४२ रन बनाएर नेपाललाई चकित पार्दै जिताए । सोही जितपछि नेपालले एक दिवसीयको मान्यता पाएको थियो । सो दिन भ्यालेन्टाइन डे परेकाले उनलाई भ्यालेन्टाइन ब्वाईको उपनाम समेत दिने गरिन्छ । क्यानडाविरुद्धको यो खेल नै करन केसी चिनाउन काफी छ । 

उनले अन्य यस्तै थ्रिलिङ खेल खेलेका छन् । करनले ओडीआईमा ५१ म्याच खेलेका छन् भने टी २० मा ६८ खेल खेलेका छन् । उनले ओडीआईमा ४ सय १२ रन बनाएका छन् भने टी२० मा ४ सय १७ रन बनाएका छन् । त्यस्तै बलिङतर्फ उनले ओडीआईमा ७४ विकेट लिएका छन् भने टी २० मा ९० विकेट लिएका छन् । 

सोमपाल कामी

नेपाली खेलाडीमध्ये सबैभन्दा अनुभवी खेलाडी हुन् सोमपाल कामी । उनी दोस्रो टी २० खेल्न लागेका पहिलो नेपाली खेलाडी हुन् । उनले यसअघि २०१४ मा भएको टी २० विश्वकप खेलेका थिए । उनी नेपालका ओपनिङ बलर हुन् । सोमपालले ५४ ओडीआई र ६५ टी २० म्याच खेलेका छन् । उनले ओडीआईमा ७१ विकेट लिएका छन् भने टी २० मा ५८ विकेट लिएका छन् । टी २० मा उनको बलिङ इकोनोमी ७.१९ रहेको छ । ब्याटिङतर्फ उनले ओडीआईमा ५ सय ९६ र टी २० मा ३१५ रन बनाएका छन् । टी २० मा उनको स्ट्राइक रेट ११५.३८ रहेको छ ।

आसिफ शेख

ओपनिङ ब्याटर तथा विकेट किपर आसिफ शेखले ओडीआईतर्फ हालसम्म ४९ खेल खेलेका छन् । उनले १२ अर्धशतक र १ शतक सहित १ हजार ४ सय १ रन बनाएका छन् । ओडीआईमा उनको स्ट्राइक रेट ७६.९७ रहेको छ । 

त्यस्तै आसिफले हालसम्म ४४ टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । सो क्रममा उनले ५ अर्धशतक सहित १ हजार २३ रन जोडेका छन् । उनले हालसम्म टी २० मा शतक बनाउन सकेका छैनन् । टी २० मा उनको स्ट्राइक रेट ११८.६७ रहेको छ । 

कुशल मल्ल

लेफ्ट ह्यान्ड ब्याटर तथा स्लो लेफ्ट आर्म अर्थोडक्स बलर कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३६ खेल खेलेका छन् । उनले एक शतक र ४ अर्धशतकसहित ओडीआईमा ७ सय १६ रन बनाएका छन् । ओडीआईमा उनको स्ट्राइक रेट ९६.२३ छ ।  बलिङतर्फ ३० खेलमा २४ विकेट लिएका छन् । त्यस्तै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलले ३९ खेल खेलेका छन् । सो क्रममा उनले एक शतक र ४ अर्धशतकसहित ७ सय ७१ रन जोडेका छन् । टी २० मा उनको स्ट्राइक रेट १६७.२४ रहेको छ । 

त्यस्तै बलिङतर्फ कुशलले ओडीआईमा २४ र टी २० मा १९ विकेट लिएका छन् । 

सन्दीप जोरा

अनुभवका हिसाबले नेपालका सबैभन्दा कम अनुभव भएका ब्याटर हुन सन्दीप जोरा । तर उनले विश्वकप मा नेपाल छनोट हुनुअघि गरेका प्रदर्शनहरू अविस्मरणीय छन् । जोराले १७ वर्षको उमेरमा ५ वर्षअघि नै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । यू १९ एसिया कपमा उम्दा प्रदर्शन गरेका थिए । उनले हालसम्म ५ ओडीआई खेलेका छन् । सो क्रममा उनले ५६ रन जोडेका छन् । उनको ओडीआई स्ट्राइक रेट ८३.५८ रहेको छ । उनले ओडीआईमा कुनैपनि शतक अर्धशतक प्रहार गर्न सकेका छैनन् । 

त्यस्तै ओडीआईमा उनले ३० खेल खेलेका छन् । ३ अर्धशतकको मद्दतमा उनले ३ सय ८७ रन जोडेका छन् । टी २० मा उनको स्ट्राइक रेट १२०.९३ रहेको छ । 

गुल्सन झा

गुल्सनलाई ब्याटिङ र बलिङ दुवैको जिम्मेवारी छ । उनी लेफ्ट हयाण्ड ब्याट्सम्यान र राइट आर्म मिडियम बलर हुन् । उनले हालसम्म २७ ओडीआई र २९ टी २० म्याच खेलेका छन् । उनले ओडीआईमा ५१४ रन बनाएका छन् भने २१ विकेट लिएका छन् । त्यस्तै टी २० मा ३६२ रन बनाएका छन् भने १९ विकेट लिएका छन् । 

अनिल साह

अनिल साहले ओडीआईमा हालसम्म १० खेल खेलेका छन् । २ अर्धशतक र १ शतकको मद्दतले उनले ओडीआईमा २ सय ६६ रन बनाएका छन् । ओडीआईमा उनको स्ट्राइक रेट १०३.५० रहेको छ । त्यस्तै टी २० मा मात्र २ खेल खेलेका साहले २३ रन जोडेका छन् । 

उनीहरूबाहेक ललित राजवंशी, कमल ऐरी, अविनाश बोहरा, सागर ढकाल, प्रतिश जिसीको काँधमा बलिङ सम्हाल्नुपर्ने जिम्मेवारी छ । ललित स्लो लेफ्ट आर्म अर्थोडक्स हुन् । उनले २९ ओडीआई र २१ टी २० खेलेका छन् । सो क्रममा उनले ओडीआईमा ३७ र टी २० मा १८ विकेट लिएका छन् । 

कमल ऐरीको बलिङ स्टाइल राइट आर्म मिडियम हो । उनले ओडीआईमा २ र टी २० मा १० खेलेका छन् । सो क्रममा उनले ओडीआईमा २ र टी २० मा १५ विकेट लिएका छन् ।

अबिनाश बोहराले २ ओडीआई र ५९ टी २० खेलेका छन् । उनले ओडीआईमा कुनैपनि विकेट लिन सकेका छैनन् भने टी २० मा ७४ विकेट लिएका छन् । 

सागर ढकालले ८ ओडीआई र ३ टी २० खेलेका छन् । उनले ओडीआईमा ४ र टी २० मा १ विकेट लिएका छन् । 

लेफ्ट आम बलिङ अलराउण्डर प्रतिश जिसी ३ ओडीआई र १० टी २० खेलेका छन् । सो क्रममा उनले उनले ओडीआईतर्फ २ र टी २० मा ८ विकेट लिएका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....