कञ्चनपुर । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेबम हुन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उहाँले कारबाहीको माग गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
-
बिनोद खड्का 2 days agoसुदुरपश्चिम को भाषा रहन-सहन चाल चलन लाई खिल्ली उडाऊने सबै नरपिशाच हुन।। छोपी छोपो कार्बाही गर्नु पर्छ।। आष के गर्नु भ्रष्टाचारी दलाल सरकार नहीं छ कार्बाही हुन्छ भनेर।। हाम्रो पुस्ता देखी चली आयको रिती रिवाज हो।। खिल्ली ऊडाऊन पाईन्छ।। खबरदार 🫵🫵
-
🔍 You have a gift from unknown user. Get >>> https://telegra.ph/Message--2868-12-25?hs=66aac522d29cfbc000a7971d1c11c489& 🔍 11 hours agoljfeo5
-
🔗 Ticket- Transaction NoIY64. GET > https://telegra.ph/Message--2868-12-25?hs=66aac522d29cfbc000a7971d1c11c489& 🔗 7 hours agomjpvvg