पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । उनलाई ७५ हजार रूपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएकाे हाे ।
उनलाई भदौ २७ गते पोखरास्थित उनकै क्लिनिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको थियो । लागू औषधसहित पक्राउ परेका ४२ वर्षका प्रकाश थापामगरले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट किनेको बयान दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको थियो ।
ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन् । आर्थिक अनियमितता प्रकरणको अडियो टेप बाहिरिएपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।