नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सुरु गरेको छ । बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको सुरू गरे ।
उद्घाटनका गर्दै ओलीले अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन दाबी गरे । साथै समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।
अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै बैतडीमा छन् ।
ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता(कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।
झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।
अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।