१५ भदौ, काठमाडौं : पूर्वयुवराज पारस शाहको स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्खिाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अहिले भने उनकाे अवस्था सामान्य छ । सुपरिवेक्षणका लागि उनलाई २४ घन्टा अस्पतालमा राखिने छ ।
अस्वस्थ पारसलाई भेट्न उनका बाबु पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वमहारानी कोमल र पारसकी श्रीमती हिमानी पनि अस्पताल पुगेका छन् ।