राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी 'क' श्रेणीमै यथावत् रहने भएको छ।
मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'क' श्रेणीमै कायम रहेको बताएको हो।
गानरीको उपसमिति एससिएले नेपालको मानव अधिकार आयोगलाई बुधबार पत्र पठाएर अहिले ‘क’ श्रेणीमै राख्ने जानकारी गराएको हो।
आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै सोही उपसमितिले आयोगलाई ‘ख’ श्रेणीमा झार्न एक वर्षअघि सिफारिस गरेको थियो। तर उपसमितिको सिफारिस इन्कार गर्दै गानरीले गठन गरेको एक समितिले नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'क' श्रेणीमै राखेको हो ।