काठमडौँ । मङ्गलबार बिहान आएको भूकम्पको धक्का महसुस गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । बिहानै आएको भूकम्पका धक्का महसुस भए पनि अहिलेसम्म कुनै क्षतिको विवरण सङ्कलन नभएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले सिधाकुरालाई जानकारी दिए । 'भूकम्पको धक्का महसुस भएको छ, हामीले रिपोर्ट सङ्कलन गरिरहेका छौँ तर कुनै क्षतिका विवरण सङ्कलन भइसकेको छैन्' उनले भने ।
चीनको डिङ्गे काउन्टी क्षेत्रमा केन्द्र बिन्दू भएर भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक मोनिका झाले नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प भएको सिधाकुरालाई बताइन् ।