काठमाडौँ । सभामुखले बोल्न समय नदिएपछि संसद बैठक बहिस्कार गरेर निस्किएका रास्वपाका सांसदहरु पुन बैठक हलमा फर्किएका छन् । रास्वपा सांसद सोविता गौतमका अनुसार उनीहरुले १५ मिनटेका लागि मात्र संसद बैठक बहिस्कार गरेका थिए ।
‘हाम्रा राख्नैपर्ने केही विशयहरु थिए । त्यसका लागि हामीले समय माग गरेका थियौँ । तर सभामुखले हामीलाई समय दिनुभएन । त्यसकाकारण हामीले १५ मिनेट बैठक बहिस्कार गर्यौँ ।’ उनले भनिन्, ‘अहिले १५ मिनेट पुरा भएको छ । हामी फेरि बैठकमा फर्किएका छौँ ।’