काठमाडौँ । आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश न्तोषप्रसाद पराजुलीको इजलास तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आफूलाई अभियन्ता दाबी गर्दै आएकी तामाङ जर्मनीबाट नेपाल फर्किएर सार्वजनिक निकायमा भएका बेतिथिविरुद्ध खबरदारी गर्दै आएकी थिइन् । सोही क्रममा अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सो धरौटी बुझाएकी उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध दिएको आपराधिक उपद्रोको जाहेरीका आधारमा उनलाई प्रहरी वृत्त जगातीले प्रकाउ गरेका थियो ।
सो कसुरमा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले सो प्रतिवेदनउपर जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा थुनछेक बयान र बहसपछि उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।