काठमाडौं । कोप २८ को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् ।
जलवायु परिवर्तनसम्बन्धी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड दुबई प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् भने डिसेम्बर २ सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।