काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दोस्रोदिन पनि जारी छ । शनिबारबाट काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् ।
पहिलो दिन सरकारले सभापति रवि लामिछाने लक्षीत जारी गरेको सहकारी सम्बन्धी अध्यादेश, सभापतिमाथि साँधिएको प्रतिशोध तथा पार्टीको संगठन निमार्ण, स्थानीयतह उपनिर्वाचन लगायतका विषयमा समिक्षा गरेको रास्वपाले आज भने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारे छलफल हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
साथै केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुनेछ ।