
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसार बिहिबार बिहान शव भेटिएका पुरुषको वतनसमेत खुलेको छैन ।
प्रारम्भिक अनुसन्धानमा हत्या भएजस्तो देखिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि दुई जनलाई नियन्त्रणमा लिएको छ ।