काठमाडाैँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन्।
दिउँसो १२ बजेसम्मको विवरणअनुसार ललितपुरका विभिन्न स्थानमा ११ जना हराएका हुन् । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार खोजी र उद्दार कार्यमा नेपाल प्रहरीका ५ टोली परिचालन गरिएको छ ।
त्यस्तै ललितपुरको कुसुन्तीमा बाढीमा फसेकालाई हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शनिबार बिहानदेखि बाढीमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरको सहायतामा उद्दार गरिएको हो ।