
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । यसअघिका लगातार तीन दिनमा पाँच हजार सातसय रुपैयाँले बढेको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको हो ।
महासंघका अनुसार बिहिबार १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बिहिबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।