संस्मरणः माघी पर्व-माघे संक्रान्ति र हरवा मुक्ति !

सिधाकुरा

डा‍.ज.वि. शाह

माघ १ गते थारु,मगर र सम्भवत: तामाङ्ग जनसमुदायहरुकाे पनि  विशेष साँस्कृतिक पर्व र समग्रमा हिन्दू धर्मावलम्बीहरुकाे महत्वपूर्ण धार्मिक-साँस्कृतिक पर्व हाे  । भूगाेल ग्रह-विज्ञानअनुसार आजबाट सूर्य उत्तरी मकर रेखातिर प्रवेश गरेकाे दिन अर्थात "सुर्य उत्तरायण-मकर संक्रान्ति"काे विशेष दिन । आजबाट दिन लामाे हुँदै जान्छ र गर्मी बढ्दै जान्छ । याे पर्व मनाउने क्रममा पाेखराकाे ढुङ्गेसाँघु,गुल्मी-पाल्पाकाे रिढी र कपिलवस्तुकाे रामघाटलगायत नेपालका कैयन ठाऊँहरुमा भब्य मेला-जात्राहरु लाग्दछन् ।

आजकाे दिनलाई विशेष चाड-पर्वकाे रुपमा मनाउनेहरुले आ-आफ्नै अर्थ लगाएर,महत्व दिएर, आस्थासहित हर्षाेल्लासपूर्वक मनाउँदछन् । साथै आजकाे दिन शाेषित,उत्पीडित,विभेदित र उपेक्षित सर्वहारा-गरिब वर्गमा पर्ने मूलत: तराईवासी थारु जनसमुदायहरुका लागि शुभ तथा मंगलमय एवम् ऐतिहासिक परिवर्तित सामाजिक दिन पनि हाे । थारु जनसमुदायमा यस "माघी पर्व"काे विशेष साँस्कृतिक चाडकाे रुपमा ठूलाे महत्व छ ।            

अर्काेतर्फ आजकाे दिन विशेष अर्थ लाग्ने महत्वपूर्ण ऐतिहासिक राजनीतिक-सामाजिक दिन हाे । परम्परादेखि नेपाली इतिहासमा वि.सं.२०५८-५९ सालसम्म यसै दिनमा एक थरि सामन्त-जमिन्दार-मालिक (पहाडीया,मधेशी र थारु) हरुले आ-आफ्ना (बधुँवा कृषि मजदुरहरु) हरवा,चरवा,ओरगाइन,तरायल,बुक्रही,कमैया,कम्लहरी,हलिया,हली र गाेठालाहरुलाई अर्काे सामन्त-जमिन्दार-मालिककहाँ ताेकिएका भाेटा/साैकी/ऋण (नगद रकम कम्तीमा रु १०००/- देखि बढीमा रु २५०००/-सम्म) लेन-देन गरी,मान्छेले मान्छेलाई,(हरवा,कमैया,हलिया र हलीका परिवारसहित) पशुसरह बिक्री-साटफेर गर्ने दिन थियाे ।

वि.सं.२०५८ सालसम्ममा एउटा हरवा/कमैया/हलिया/हलीले दैनिक १८ घण्टा मालिककाे लागि घर-खेतमा काम गर्दा दैनिक जीविका/ज्याला/मजुरी कम्तीमा रु १७/- देखि बढीमा रु ३७/३७ सम्म पर्ने गरी माेटा धानकाे रुपमा पाउने गर्थे भने, हाल मधेश प्रदेश र सुदूर पश्चिम प्रदेशमा मालिककाे घर-खेत-खलिहानमा १२ घण्टा काम गर्दा,कम्तीमा रु ४०/- र सरदर रु १००/- देखि रु २००/- सम्म पाउने गरी,माेटा धान पाउने गरेकाे पाईन्छ । 


हाम्रै नेपालमा विशेषत: नेपालकाे तराई,भावर र पश्चिमी पहाडी भेकमा याे अमानवीय भूदासरुपी सामाजिक-आर्थिक कुप्रचलन ब्याप्त थियाे र लुकिछिपी अहिले पनि यदाकदा पाउन सकिन्छ । यति मात्रै हाेइन,यी कर्मशील असाध्य उत्पीडित-शाेषित "बँधुवा कृषि मजदुर"हरुलाई मानसिक रुपले पनि  यतिसम्म दबाईन्थ्याे कि उनीहरु मालिककाे अनुहारमा हेरेर,आँखा जुधाएर हेर्न र कुरा गर्नसम्म सक्दैन थिए । त्यति बढी मात्रामा दब्बु मानसिकतामा लाचार-दलित बनाएर उत्पीडित बनाईएका पाईन्थे र हाल पनि कताकतै पाईन्छन् । यति मात्रै हाेइन,हरवा/कमैया/हलिया/हलीका नयाँ भित्रिएकाे बुहारीलाई सबैभन्दा पहिला मालिक कै शयन कक्षमा पहिलाे रात गुजार्नु पर्ने वाध्यकारी  चलन नै थियाे । हरवा-कमैया-हलीयाका तरुनी चेलीबेटीलाई जतिखेर मालिकले चाह्याे,त्यतिखेर सुम्पनु पर्थ्याे । सामन्त-जमिन्दार-मालिकहरुले आफ्नाे सुरक्षाका खातिर र आफ्नाे विराेधीहरुसँग बदला लिन भनी मुष्तण्ड लठैत र डाँकाहरु पालेर,अर्काे गाऊँ-माैजामा डकैती गर्न पठाउने चलन पनि व्यापक थियाे ।

सामन्त-जमिन्दार-मालिकहरुकाे ईलाकामा प्रहरी-प्रशासनकाे पनि केही चल्दैन थियाे । यहाँसम्म कि पहिलेका बडाहाकिम र पछिका प्रमुख जिल्ला अधिकारीहरु त यी सामन्त-जमिन्दार-मालिकहरु कै ईशारामा नचली सुखै थिएन । तीनै सामन्त-जमिन्दार-मालिकहरु नै राजनीतिक क्षेत्रमा पनि उहिलैबाट नेता,जनप्रतिनिधि र मन्त्रीहरु भएका थिए र अझै पनि हुँदैछन् । यस प्रकारकाे कुचलनमा मूलत: थारु जनसमुदाय,त्यसपछि दलित जातिय जनसमुदाय र अन्तिममा अन्य जात-जातिका सर्वहारा-गरिब वर्गमा पर्ने नेपाली नागरिकहरु नै अत्यन्तै पिल्सिएका थिए ।

मेराे लागि आजकाे दिन अर्काे अर्थमा पनि महत्वपूर्ण छ, किनकि  आजकै दिनमा मैले कपिलवस्तुकाे (हालकाे वाणगंगा नगरपालिकाकाे) बरवा भन्ने गाऊँकाे खलिहान-चाेकमा २०४५/१०/१ गते "हरवा मुक्ति माेर्चा"काे नाममा नेपाल मै पहिलाे पटक "बधुँवा कृषि मजदुर"(हरवा,चरवा,ओरगाइन,तरायल,बुक्रही,कमैया,कम्लहरी,हलिया,हली,गाेठाला,वादी,देउकी र झुमा)हरुका मुक्ति, हक-हित-अधिकार,स्वतन्त्रता,गाँस,वास,कपास र स्वराेजगार/राेजगार तथा उचित दाम(पारिश्रमिक)काे प्रत्याभूतियुक्त उपलब्धताका लागि नयाँ खालकाे "मुक्ति आन्दाेलन"काे घाेषणा र ब्यवहारिक शुरुआत केही सहकर्मीहरुसँग मिलेर गरेकाे थिएँ ।

पूरानाे दासताकाे अवशेषकाे रुपमा रहेकाे याे भू-अर्धदासरुपी "बधुँवा कृषि मजदुर"हरुका अति उत्पीडित, दर्दनाक,हेला-हाेचाेयुक्त,शाेषित,नारकीय तथा अमानवीय जीवनावस्था देखेर,त्यतिखेर मभित्र जागेकाे "मुक्तिका लागि बिद्राेही भावना"ले यस पेशागत सर्वहारा वर्गमा पर्ने यी शाेषित-दलित जनसमुदायमा जनजागरण ल्याई; अन्यायी,अत्याचारी,दुराचारी,ब्यभिचारी,शाेषक,फटाहा खालका सामन्त-जमिन्दार-मालिकहरुका विरुद्धमा सशक्त संघर्ष उठाई; याे उत्पीडित बधुँवा वर्गले पूर्ण र समग्ररुपले मुक्ति पाई; स्वतन्त्र,स्वाभिमानी,स्वाधीन,सम्मानित,सुखी,शान्तिमय,समृद्धशाली,विकसित एवं प्रगतिशील जीवन यापन निर्वाध गर्न पाउन् भन्नाका खातिर नयाँ खालकाे "मुक्तिकामी आन्दाेलन" चालेकाे मेराे जीवनकाे पहिलाे दिन थियाे-आजकाे दिन ।

हुन त यी शाेषित,पीडित,अपमानित,विभेदित र अन्यायमा परेका मिहेनती  वर्गमा पर्ने जनसमुदायहरुकाे हालतकाे बारेमा मैले २०४३ सालबाटै  रुचि लिएर ध्यानपूर्वक राष्ट्रब्यापी सूक्ष्म खाेजमूलक अध्ययन थालेकाे थिएँ र सामान्यत: संघर्षरत पनि रहिरहेकाे थिएँ । तर वि.सं.२०४५ देखिकाे कठाेर,जाेखिमपूर्ण र निरन्तरकाे मिहेनतयुक्त संघर्षकाे फलस्वरुप यस सर्वहारा वर्गीय भूमि-घरहीन, शाेषित,दु:खित,गरिब,मानवाधिकारबिहीन र अन्यायमा परेका जनसमुदायहरुकाे पूर्ण र समग्र मुक्ति एवम् सर्वाङ्गीण कल्याणयुक्त नयाँ सुब्यवस्थापनका लागि भूमि-घरहीन शेर बहादुर गमाल मगर र नर बहादुर थापा मगरकाे न्यानाे आत्मीय साथसहित नयाँ सचेत सम्झाैताहीन संघर्षकाे थालनी गर्न पुगें-आजकै दिनमा ।

याे अनवरत निर्मम "मुक्ति आन्दाेलन" फैलिएर वि.सं.२०५० सम्म आउँदा पूर्वमा धनुषा र पश्चिममा कञ्चनपुर-डडेलधुरासम्म ब्यापकता लिएकाे थियाे र चरमाेत्कर्ष अवस्थामा पुग्न २०५८ सालकाे आषाढ महिनासम्मलाई पर्खनै पर्याे । लामाे कठीन त्याग-तपस्यायुक्त अनवरत आन्दाेलन पश्चात् तात्कालीन प्र.मं.शेर बहादुर देउवाकाे नेतृत्वकाे सरकारले "हरवा,कमैया,हलिया मुक्ति"काे घाेषणा गर्याे । २०६९ सालसम्म त "मुक्ति र पूर्ण व्यवस्थापन"का लागि छुटपुट "मुक्ति आन्दाेलन"हरु काठमाण्डाैं उपत्यकासम्म विस्तार गर्दै,चलाईरह्याैं । यी "हरवा"का परिवारहरुलाई मालिकहरुकाे बँधुवारुपी पिंजडाकाे बन्धनबाट बलजफ्ती "मुक्ति" दिलाए पछि,बसाल्ने कहाँ त ? भन्ने समस्या त्यतिखेर हाम्राे अगाडि आईपर्याे । त्यतिखेर हामीसँग दुईवटा विकल्पहरु थिए । कि त मालिक कै घर-जग्गामा माेहियानी अंश-हक लगाई,मालिक कै घर-जग्गा दिलाएर त्यहिँ वसाेवास गराउनु,कि त सरकारी/बन क्षेत्र/सार्वजनिक/ऐलानी-पर्ती-बाँझा/सडक-बाटाका किनार/नदी किनार-बगर/पाेखरी-तालतलैया किनारका खाली जग्गाहरुमा खनी-खाेस्री वसाेवास गराउनु ।

हामीले दाेस्राे उपाय राेज्याैं र जहाँ-जहाँ खाली जग्गाहरु थिए (सडक/नदी/खाेला/ताल-तलैया/पाेखरी/बन क्षेत्रका किनार);ती बञ्जर खेर गएका भूमिहरुमा बन क्षेत्रका कुनै पनि बढेका-ठूला रुखहरु नकाटी,स्याउलाका झुपडीहरु बनाई,सर्वहारा वर्गीय मुक्त हरवा-कमैया-हलीया-हलीहरुका मानव बस्तीहरु बसाल्याैं । हामीले नेपालमा "बँधुवा कृषि मजदुर"हरुलाई मुक्ति दिलाएर बसालेकाे पहिलाे बस्ती कपिलवस्तुकाे बाणगंगा नगरपालिकाकाे बरवा गाऊँकाे दक्षिण तर्फ रहेकाे "पदमपुर-झुलनीपुल" सुकुम्वासी बस्ती नै हाे भने,दाेस्राे बस्ती यसै न.पा.काे हालकाे वडा नं.२ स्थित ८ नम्बरी जग्गामा बसालिएकाे "गब्डैया"काे सुकुम्वासी बस्ती हाे र तेस्राे उप्टहवाकाे नयाँ गाऊँ हाे ।

त्यसपछि याे क्रम क्रमश: नेपालभरि,खासगरी तराई क्षेत्रमा विस्तार हुँदै गयाे । हुन त मेराे नेतृत्वमा २०३५ सालमा हालकाे पाेखरा-लेखनाथ नगरपालिकाकाे वडा नं.५ काे मालेपाटनमा फिर्के घाेलाकाे डिलमा खाली बाँझाे जग्गामा (सरकारी कृषि फार्मकाे पूर्वपट्टि) २५ परिवार र पाेखरा न.पा.कै माथि वडा नं १ सिमपानी (सेती खाेलाकाे बगरमा लगभग २०० परिवार) का साथै हाल पाेखराकाे नयाँ हवाई मैदान तिरका ईलाकाहरु(भेडी फार्मका वरिपरि लगभग ५०० परिवारहरु) मा हामीले पक्का सर्वहारा सुकुम्वासीहरुलाई छानी छानी शुरु शुरुमा बसालेका थियाैं । पछि आएर याे क्रम ह्वात्तै बढेर,,माथि घाचाेक,लाहाचाेक,पुरनचाैर,लामाचाैर,बाटुलेचाैर,काली खाेलाकाे किनार,सेती खाेलाकाे किनार (पृथ्वी नारायण क्याम्पसका तल्लाे सेती बगर हुँदै,रामघाट,पुरानाे हवाई अड्डाकाे वरिपरि,राताे पहिराे,ढुङ्गेसाँघु,फुस्रे खाेला हुँदै,पार्दी बिराैटालगायत फेवातालका किनारहरुसम्ममा) हरुसम्म फैलियाे ।

त्यतिखेर हामीले कडाईका साथ पक्का सर्वहारा भूमि-घरहीन  परिवारहरुलाई छानी-छानी वसाेेवास गराउने काम गरेका नै थियाैं । तर पछि पछि गएर अरु हुकुम्वासीहरु पनि आएर रहन-बस्न थाले । तराईमा याे दासत्वकाे पिंजडाकाे बन्धनबाट छुटकारा दिलाउँदै,हरवारुपी सुकुम्वासी बस्ती बसाउने अभियानले तिब्रता र ब्यापकता लियाे र हाम्राे (पछि सहकर्मीहरु गर्भुलाल थारु,मल्खा थारु,छेदी थारु,दशरथ थारु,श्रीपाल थारु,सुर्यलाल थारु,नाथु थारु,तेज बहादुर थारु,भिखु थारु,राम बहादुर कुँवर,दान बहादुर नेपाली आदि) प्रयासले पूर्वमा काेशी नदीकाे किनारसम्म धनुषा जिल्लाका भू-भागहरु (किसुन मण्डलज्युकाे साथ-सहयाेगमा) र पश्चिममा महाकालीकाे किनारसम्म कञ्चनपुरदेखि डडेलधुरासम्मका भूभागहरुसम्ममा(मेघराज ज्ञवालीज्युकाे साथ र सहयाेगमा) गरी,लगभग ५ लाख केही हजार भन्दा बढी,पक्का सर्वहारा भूमि-घरहीन परिवारहरुलाई बसाल्न पुगेका थियाैं ।

त्यस क्रममा सामुदायिक बन समिति,सरकारी बन सुरक्षाकर्मी,प्रहरी,प्रशासन र स्थानीय गाउँले सामन्त-जमिन्दार-मालिकहरुसँग पनि जीवन-मरणका आन्दाेलन-संघर्षहरु गरी,म आफूसमेत मृत्युकाे मुखमा पुग्ने गरी,"हरवा-कमैया मुक्ति आन्दाेलन"लाई अघि बढाएका थियाैं । र,कुटाई-पिटाई-थुकाई,गिल्ला,कालाेमाेसाे,जेलनेल,मुुद्धा-मामिलाले वि.सं. २०७१ सालसम्म मलाई जिन्दगीमा कहिलै छाेडेन । कतिपय भूमि-घरहीन-सुकुम्वासी परिवारहरुका सदस्यहरु त्यस क्रममा त  शहीद पनि हुनु भयाे । नेपालकाे आधुनिक इतिहासमा "बँधुवा कृषि मजदुर"(हरवा,चरवा,ओरगाईन,तरायल,कमैया,कम्लहरी,बुक्रही,हलीया,हली,गाेठाला)हरुले दासताकाे पिंजडाकाे सामन्ती बन्धनबाट समग्र र पूर्ण रुपले मुक्ति पाउन,स्वतन्त्र र सम्मानित जीवन बिताउन पाउन,सुखी र समृद्धशाली तथा प्रगतिशील जीवन बिताउन पाउन, याे "हरवा मुक्ति माेर्चा" नामक संगठनले सशक्त "हरवा मुक्ति आन्दाेलन" थालेर,अथाह कष्टसाध्य संघर्षकाे उच्चतम बिन्दूमा लगभग पुर्याएर,१५ वर्षका पीडादायी अनवरत आन्दाेलनहरुद्वारा केही न केही उपलब्धी हासिल गरेकाे दिन हाे-आजकाे माघे संक्रान्तिकाे दिन ।

यसरी नेपालकाे तराईभरि लगभग ५ लाख र केही हजार परिवारहरु "मुक्त हरवा/कमैया/हलीया/हली"का परिवारहरु भएकाे त वि.सं.२०५८ सालसम्म मेराे आफ्नै नेतृ्त्व र पहलमा हामीले बकायदा तथ्याङ्कहरु सँकलन समेत गरेका थियाैं । ती तथ्याङ्कहरु २१ बुँदे मागहरुसहित तात्कालीन संक्रमणकालीन अन्तरिम सरकार र संविधान मस्याैदा आयाेग (क.निर्मल लामा) हुँदै,प्रधानमन्त्री शेर बहादुर देउवाकाे सरकारलाई समेत बुझाएका थियाेैं । यति मात्रै हाेइन हालकाे प्रधानमन्त्री पुष्पकमल दाहाल"प्रचण्ड"ज्यू यसअघि प्रधानमन्त्री हुँदा र त्यस पछिका तात्कालीन अर्का प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई समेत याे "भूमि-घरहीनहरुकाे भूमि अधिकारसँग सम्बन्धित राष्ट्रिय समस्या"काे वैज्ञानिक,आधुनिक र ब्यवहारिक तरिकाले अविलम्ब दिगाे तथा असल समाधान गर्न,गराउन र गर्न लगाउन,४३ सुत्रीय मागपत्रसहित याेजना,कार्यक्रम र बजेट नै बनाएर,उहाँहरुकाे हातैमा दिइएकाे थियाे । त्यति मात्रै हाेइन,वि.सं.२०४६ सालपछिका सबै प्रधानमन्त्रीहरु,अर्थ मन्त्रीहरु,कानून मन्त्रीहरु,बन मन्त्रीहरु,भूमिसुधार मन्त्रीहरु,कृषि मन्त्रीहरुलाई र यस विषयका आयाेगहरुलाई कहिले ४३ सुत्रीय त कहिले ६३ सुत्रीय मागपत्र र ज्ञापनपत्रहरु म आफैले प्रतिनिधि मण्डलसहित गएर दिएकाे थिएँ तर कुनै अर्थ भएन ।

ती समस्याहरु अझ पनि ज्यूँका त्यूँ छन् । हालसम्मका नेपाल सरकारहरुले यस गम्भीर,जटिल र संवेदनशील राष्ट्रिय समस्याहरुलाई विभिन्न नामका आयाेगहरु बनाएर कृयाशील तुल्याएता पनि; सही नीति,याेजना र कार्यक्रमहरु पनि बनाएन अनि न्यायाेचित ब्यवहारिक सम्बाेधन कहिलै पनि गरेन । वि.सं.२०७१ वैशाख १ गतेदेखि हामीले सर्वपक्षीय जनस्तरीय "लालपूर्जा पाओैं राष्ट्रिय अभियान" कपिलवस्तु कै वाणगंगा न.पा.-१ उप्टहवाकाे सुकुम्वासी बस्तीबाट चलाउँदै,नेपालब्यापी बनाएर,आवाज बुलन्द गरिरहँदा पनि,नेपाल सरकारले जति मात्रामा यसमा गम्भीर भएर ध्यान दिएर काम गर्नु पर्ने थियाे,हाे,गरेकै छैन ।

"हरवा मुक्ति माेर्चा"काे नाममा  "हरवा मुक्ति आन्दाेलन" र "लालपुर्जा पाओैं राष्ट्रिय अभियान" चलाउँदा,म र मेरा सहकर्मीहरु पहिला पहिला मानिसहरुका हाँसाेका पात्र भयाैं । त्यसपछि सानादेखि ठूलठूला लाञ्छना-विराेधहरुकाे सामनाहरु सर्वत्र गर्नु पर्याे । थुकाई,गिल्ला,चुटाई-पिटाई खाँदै,कालाे माेसाे र जुत्ताका माला पहिरिनु पर्याे । केही ठूला दलका मानिसहरुकाे उजुरीहरु र उक्साहटमा बन,प्रहरी र प्रशासनहरुले धेरै पटक पक्र्याे,थुन्याे,झुठा मुद्धा-मामिला गर्याे। यती मात्रै हाेइन हामी अभियन्ताहरुलाई कानूनी मुद्धामा हरायाे,कैदी-बन्दी बनायाे र वि.सं.२०६८-६९ सम्म आउँदा लाखाैं रुपिया दण्ड-जरिवानासमेत तिर्नु पर्ने बनायाे । यसरी आफै रित्तिएर अथाह कष्टसाध्य परिश्रम,आन्दाेलन तथा सम्झाैताहीन संघर्षहरुकाे फलस्वरुप हरवाहरुका परिवारहरु मुक्त भएर,अब्यवस्थित सुकुम्वासी बस्तीहरु बन्न पुगेका यथार्थ घटना विवरणहरु थप नयाँ नेपाली ईतिहास हाे ।

नेपालकाे राजनीतिक-आर्थिक समस्या पछि,देशकाे दाेस्राे ठूलाे राष्ट्रिय समस्या भनेकाे यहि भूमिमाथिकाे सर्वहारा-गरिब भूमि-घरहीनहरुकाे अपनत्व र स्वामित्वसहितकाे प्रत्याभूतियुक्त अधिकार पाउनु नै हाे । नेपालकाे तराई,भावर र चुरे क्षेत्रहरुमा भएकाे एउटा महत्वपूर्ण ठूलाे समस्या याे "भू-जन-अर्थ" अर्थात "भू-आवासकाे अधिकार" नै जल्दाे-बल्दाे तर पुरानाे समस्या थियाे र हाे । अत: आजकाे माघे संक्रान्तिकाे दिनमा उपराेक्त ऐतिहासिक घटनाक्रमहरुलाई सम्झेर,ध्यान दिएर,युद्धस्तरमा "मुक्ति तथा सुब्यवस्थापन"अभियान चलाएर,सदाकाे लागि याे जीर्ण राेगयुक्त समस्याबाट नेपाल र नेपाली नागरिकहरुले  पूर्ण र समग्र रुपले मुक्ति पाउने काममा हामी सबै लागी पराैं र नेपाल सरकार लागि पराेस् । यहि नै आजकाे मकर संक्रान्तिकाे उपलक्ष्यमा सबै नेपालीमा कामना गर्दछु । 

रानाे दासताकाे अवशेषकाे रुपमा रहेकाे याे भू-अर्धदासरुपी बधुँवा कृषि मजदुरहरुका अति उत्पीडित, दर्दनाक,हेला-हाेचाेयुक्त,शाेषित,नारकीय तथा अमानवीय जीवनावस्था देखेर,मभित्र जागेकाे "मुक्तिका लागि बिद्राेही भावना"ले यस पेशागत वर्गमा पर्ने यी दलित जनसमुदायमा जनजागरण ल्याई,भयंकर जाेखिम माेली,अन्यायी-अत्याचारी-दुराचारी-शाेषक-फटाहा-बदमाश जमिन्दार तथा सामन्त मालिकहरुका विरुद्धमा संघर्ष उठाई,याे शाेषित-उत्पीडित बधुँवा वर्गले पूर्ण र समग्ररुपले मुक्ति पाई,सुनिश्चितताकासाथ स्वराेजगार-राेजगार,गाँस,वास,कपास,शिक्षा,स्वास्थ्य,आराम,मनाेरञ्जन र सामाजिक सुरक्षाहरु पाई,स्वतन्त्र,सम्मानित,सुखी एवं प्रगतिशील जीवन यापन निर्वाध गर्न पाउन् भन्नाका खातिर नयाँ मुक्तिकामी आन्दाेलन चालेकाे मेराे जीवनकाे पहिलाे दिन थियाे-आज ।  

याे संघर्षले चरमाेत्कर्ष अवस्थामा पुग्न २०५८ साललाई अंगाल्नै पर्याे भने २०७१ सालसम्म त समग्र मुक्ति र पूर्ण सुब्यवस्थापनका लागि छुटपुट मुक्ति आन्दाेलनहरु काठमाण्डाैं उपत्यकासम्म चलि नै रह्याे । वि.सं.२०४३ देखि २०७० सम्म "बँधुवा" अवस्थाबाट मुक्ति दिएर,दिलाएर,दिलाउन लगाएर; अर्थात स्वतन्त्र तुल्याएर अस्थायी वसाेवास गराउने क्रम जारी राखीरह्याैं भने,२०७१/०१/०१ देखि निजहरुले वर्षाैंदेखि जाेतभाेग-वसाेवास गरेका सम्पूर्ण घर-जग्गाहरु पूरा नापजाँच गरी,नि:शुल्क जग्गा-धनी प्रमाण पूर्जा(लालपूर्जा) अविलम्ब पाउनु पर्छलतथा दिनु-दिलाउनु पर्छ भनेर आवाज उठाईरहेकाे तथा संघर्षरत रहिरहेकाे अवस्था छ । यस क्रममा पनि विभिन्न विघ्न-वाधाहरु,जेल-नेल,मुद्धा-मामिला,अपमान-गाली-गलाैज र थुकाई-चुटाई खाँदै-सहँदै, मुत्युकाे मुखसम्म पुगेर पनि २८ वर्षसम्म याे मुक्तिकामी संघर्षकाे नेतृत्व गरि नै रहें-अझै पनि यसका लागि अनवरत संघर्षशील छु ।

लगभग २०६५ सालसम्ममा नेपालकाे मूलतः तराई र तराईसँग जाेडिएका पहाडी ईलाकाहरुबाट याे "बधुँवा कृषि मजदुर प्रथा" धेरै मात्रामा हराएकाे छ भने हालकाे प्रदेश नम्बर २ मा र केही पश्चिमी पहाडी क्षेत्रहरुमा याे अमानुषिक चलन अझै प्रचलन मै रहेकाे फाटफुट भेट्टाइन्छ । याे अर्ध-भू-दासरुपी अमानवीय प्रथा पूर्णरुपेण उन्मूलन गर्न अझ बाँकी नै छ । जाे जति हरवा,चरवा,ओरगाइन,तरायल,बुक्रही,कमैया,कम्लहरी,हलिया,हली,गाेठाला,वादी,देउकी र झुमाहरु मुक्त भए,उनीहरुकाे पनि समुचित व्यवस्थापन हुन सकिरहेकाे छैन । अझ हरवा,चरवा,ओेरगाइन,तरायल र बुक्रहीहरुलाई नेपाल सरकारले सूचिकृत पनि गरेकाे छैन । कस्ताे विडम्बना यसर्थ आजकाे दिन  सामन्त-जमिन्दार मालिकहरुकाे दासतायुक्त पिँजडाकाे बन्धनबाट मुक्ति पाएका बधुँवा कृषि मजदुरहरुका लागि नेपालकाे सन्दर्भ र सापेक्षतामा एउटा ऐतिहासिक महत्वपूर्ण दिन हाे ।

तसर्थ याे अभियानकाे बाँकी कामहरु पूरा गर्न हामी सबै नेपालीहरु ईमान्दारिताका साथ लागी पराैं । नेपाल सरकारले विगतमा विभिन्न आयाेगहरु बनाएर चलाए झैं,हाल "राष्ट्रिय भूमि आयाेग" बनाएर कृयाशील तुल्याएता पनि हालसम्म नेपाल सरकारले यी सबैकाे यथाेचित व्यवस्थापन गरेकाे छैन । धरातलीय यथार्थतामा आधारित भएर न त स्पष्ट नीति,याेजना र कार्यक्रम नै बनाएकाे छ । याे समस्या पूर्ण रुपेण शीघ्र समाधान गर्न-गराउन सिङ्गाे सरकारकाे उच्चस्तरीय न्यायीक एकीकृत (Package Programme and Action) सहकार्य युद्धस्तरमा हुनै पर्छ ।  यी सबकाे शीघ्र, समुचित,आधुनिक,वैज्ञानिक,दिगाे,भरपर्दाे र सेवा-सुविधायुक्त व्यवस्थापन गराैं । यसाे गर्नु नै माघी पर्व तथा माघे संक्रान्ति मनाउनुकाे सार्थकता हुनेछ । सबैमा पुन: शुभकामना 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||