काठमाडाैँ । निर्वाचन आयोगले शनिबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सक्ने बताएको छ । आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन मिल्नेछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ ।
त्यस्तै आयोगले आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको जनाएको छ ।
शनिबार प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि इलाम–२ मा २० जना र प्रदेश सभा सदस्यका लागि बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दिएका छन्।