लालझाडी गाउँपालिका–१ कञ्चनपुरमा २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका छन् ।स
उनीहरुको तीन वर्षीया छोरा घरभित्र एकोहोर रोइरहेपछि उनकी हजुरआमा पुगेर हेर्दा दुवै जना घरको धुरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुले आत्महत्या गरेका हुन् वा उनीहरुको हत्या भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।