रत्नेचौरको तोरीबारीमा 'टिकटकर'को भीड

सिधाकुरा

म्याग्दी। केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ।

कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ। कात्तिक-मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस-माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडिओ बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ। पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिए। 

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए।

अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ। उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताए। 

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ। यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी-बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ। तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ। बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन्।

पहेँलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ। रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन्।

रत्नेचौर-अर्जम-ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताए। उनले भने, ‘रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन्।’

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडिओ खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन्। शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ। म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताए। 

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन  सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ। ‘पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ’ स्थानीय महतले भने।

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताए। तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ। -रासस

प्रतिक्रिया

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....

  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....
  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....

Current Affairs

तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २....

  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....
  • अधिकृतलाई सरुवा गर्न मन्त्रीका स्वकीयले मागे १० लाख घुस || SIDHAKURA ||
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने || SIDHAKURA ||
  • लेखासमितिमा एमाले माओवादीको चर्काचर्कीः सहकारीमा जोडिएका सभापतिको राजिनामा माग || SIDHAKURA ||
  • ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई || SIDHAKURA ||
  • गगन थापालाई प्रश्नै प्रश्नः सहकारी देखि गिरिबन्धुसम्म के भने ? ?|| Gagan....
  • हिरासतबाट छुटेपछि दुर्गा प्रसाईँकाे तस्करविरुद्ध लडिरहने घोषणा || SIDHAKURA ||
  • अनाधिकृत नक्सा पास गरेपछि बालेनले हटाए प्रमुख प्रशासकीय अधिकृत || SIDHAKURA ||
  • रवि लामिछानेलाई भेटेपछि कमल थापा: राजनीतिक प्रतिशोधकै गन्ध आयो || SIDHAKURA ||
  • रविविरुद्ध सरकार पूर्वाग्राही भयो, राज्यले प्रतिशोध साँध्नुहुँदैन : माओवादी नेता देवेन्द्र पौडेल
  • रवि लामिछानेमाथि सरकार निरङ्कुश भयो : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की || SIDHAKURA ||
  • टुँडिखेलमा महानगरको शक्ति प्रदर्शन || SIDHAKURA ||
  • टियूका पधादीकारीले प्रधानमन्त्रीलाई थर्काए || SIDHAKURA ||
  • रविको पक्षमा पोखरामा विशाल प्रर्दशन || SIDHAKURA ||
  • यसरी मनाउँदैछ काठमाडौंले महानगर दिवस ! || SIDHAKURA ||
  • रविलाई गरिएको ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने छः प्रचण्ड || Prachanda....
  • रविमाथि लोकतन्त्रमा सरकारको राणा शासनको रवैया || SIDHAKURA ||
  • झाडीले भरिएको जमिनमा सुन्तला खेती || SIDHAKURA ||
  • रविलाई पर्सा लगियो, दर्जनौँ ठाउँमा प्रदर्शन || SIDHAKURA ||
  • बसाइँसराइले रित्तिएको गाउँ :खाँडीमा युवा, झाडीमा घर || SIDHAKURA ||
  • लन्डनमा नमिलेको खुसी भैँसीगोठमा : दुध बेचेर वार्षिक २० लाख कमाई ||....
  • राष्ट्रिय मानवअधिकार आयोगमा गएनन् प्रहरी महानिरीक्षक बसन्त कुँवर, पुन: पत्र काटिने ||....
  • रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्ः 'मापसे' गरेको प्रहरीले रविलाई अमानवीय व्यवहार गरे....
  • रविविरुद्ध अमानवीय व्यवहार गरिएको भन्दै श्रीमति पौडैलद्वारा मानव अधिकार आयोगमा उजुरी ||....
  • भुटानका राजा बौद्ध र स्वयम्भुमा || SIDHAKURA ||