गोरखा । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर ताल नजिक रहेको एक खहरे खोलाको पुल बगाएको छ । आइतबार बिहान चुमनुब्री गाउँपालिका –१ मनास्लु क्षेत्रमा गएको हिमपहिरोले तालको पानी छचल्किँदा त्यस क्षेत्रमा रहेको हिमखोलाको पुल बगाएको प्रहरीले जनाएको छ ।
पहिरो जानासाथ प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ पुगेको र अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए । ‘ताल फुट्यो भन्ने सुचना आउनासाथ हामीले घटनास्थलचफै प्रहरी पठाएका थियौँ । घटनास्थलमा पुग्दा ताल फुटेको नभएर हिमपहिरो गएको रहेछ ।’, पाठकले सिधाकुरासँग भने, ‘पहिरोले तालको पानी छचक्यिाएर नजिक रहेका खहरे प्रकारका खोलामा पानीको बहाब बढ्दा तालदेखि करिब आधा घण्टा दुरीमा रहेको एक पुल बगाएको छ । अहिले भने अवस्था सामान्य भइसकेको छ, आत्तिनुपर्दैन ।’
त्यस्तै उनले खोला र बूढीगण्डकीमा पानीको बहाब बढेका कारण तटक्षेत्रमा रहेको स्थानीयहरुहरु सचेत रहन आग्रह गरिएको र यतिबेलाको अवस्था सामान्य रहेका कारण डर मान्नुनपर्ने बताएका छन् । बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको प्रहरीले बताए।