काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको सामना गर्ने आँट सरकारसंग नभएको टिप्पणी गरेका छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले संसदको सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन् ।
उनले सरकार एकदलीय शासनउन्मुख भएको समेत आरोप लगाए । अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सवैलाई प्रयोग गर्न खोजको बताए ।
उहाले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति समेत जनए ।