काठमाडाैँ : आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार शनिबार राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ। त्यस्तै पेनमबलर चन्द्रग्रहण भनिने उक्त ग्रहण १ घण्टा १९ मिनेटसम्म लाग्ने र प्रत्यक्ष आँखाले हेर्न सकिने खगोलविद्ले जनाएका छन् ।
शनिबार राति लाग्न चन्द्रग्रहण २०८० सालमा लाग्ने एउट मात्रै ग्रहण भएको समितिले जनाएको छ।
चन्द्रग्रहण लाग्दा आज राती पृथ्वीको छायाँले चन्द्रमाको ६ प्रतिशत भाग ढाक्ने छ ।
ग्रहण लागेको समयमा बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।
नेपालसँगै एसियाली मुलुक, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि यो ग्रहण देखिनेछ।