इलाम । सडक निर्माण गर्दा इलाम बजारमा आउने खानेपानी आपूर्तिमा समस्या आएको छ । केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो ।
नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो ।