झापा । एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ ।
पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको
झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका प्रहरीले जनाएको छ । एमाले नेता शिवाकोटी तत्कालीन अनारमनी गाविसका अध्यक्ष तथा २०७४ सालमा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।