काठमाडौँ । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विदाई गरियो विदाई गरियो । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुईमहिना देश बाहिर रहने छन् । क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुनेछ । क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ ।
तर अमेरिकाले यसअघि टि–ट्वान्टी विश्वकप खेल्न सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपको भिसाबारे क्यानका सचिव पारस खड्काले सबै प्रक्रिया पूरा भएको जानकारी गराएका छन् । उनले लामिछानेको अमेरिकाको भिसाका बिषयमा सकारात्मक सिग्नल आएको समेत बताए । ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो’, खड्काले भने, ‘ हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’
नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने र नेपालको एकदिवसीय खेलमा करिब एकबर्षपछि फर्कने मौका पाएको भन्दै यसको सदूपयोग गर्ने बताए ।