काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले धितोपत्र ऐन संशोधनको स्वच्छता माथि प्रश्न उठाएकी छिन् । बुधबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले संसद्मा छलफल भइरहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ एक निजी कम्पनीले मस्यौदा गरेको आरोप लगाइन ।
जनताको पुँजीको संरक्षण गर्ने महत्वपूर्ण विधेयक अर्थ मन्त्रालयले एक निजी कम्पनीलाई मस्यौदा गर्न दिएको उनको उनको भनाई थियो ।धितोपत्र बोर्ड जस्तो गम्भिर विषयमा बाहिरबाट हस्तक्षेप हुनु गम्भिर भएको भन्दै उनले यसको स्वतन्त्र छानबिन हुनुपर्ने पनि बताइन् ।
सांसद श्रेष्ठले आफ्नो एक्स मार्फत पनि यस विषयमा स्पष्ट पारेकी छिन्। संसदमा पेश भएको उक्त विधेयकको मस्यौदा पायनियर ल एसोसिएट्सबाट बनेको देखिएको एक स्क्रीनसट पनि सांसद श्रेष्ठले सार्वजनिक गरेकी छिन् । उक्त विधेयक अर्थ मन्त्रालयले मस्यौदा गरेर संसद्मा पेश गरेको थियो ।
भाद्र १२, २०८१ ०२:३४ मा प्रकाशित