तिहारमा प्रहरीको विशेष निगरानी, अत्यावश्यक काममा बाहेक प्रहरीलाई छैन छुट्टी

सिधाकुरा

काठमाडौँ । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।

नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी गरिने बताए ।  आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उनले बताए । 

देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने,  मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीले भने, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”

अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उनले भने, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”

उनका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ ।  

सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताए ।

“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उनले भने ।

यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।

जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गरेका छन् । 

बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।

उपत्यका सुरक्षामा उच्च निगरानी 

काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताए ।

उनले भने, “आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ  ।” 

विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ । 

केही अघि मात्रै पटाका भित्र्याउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताए । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उनले बताए । 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 

उनले जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेका छन् । उनले देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न सार्वजनिक आह्वान नै गरेका छन् । 

यस्तै अन्य जिल्लाले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्देशन र अनुरोध सार्वजनकि गरी तिहारलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेका गृह मन्त्रालयले जानकारी दिएको छ । 

उपत्यका ट्राफिकको ठाउँठाउँमा जाँच अभियान 

काठमाडौँ उपत्यका ट्रफिक प्रहरीले चाडबाड लक्षित गरेरएक हजार पाँच सय ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिरहेको छ । १४ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । ट्राफिक कम्युनिकेसन एप बनाइएको छ । त्यसमार्फत लामो दूरीमा दुईजना चालक राखेको छ कि छैन भनेर उपत्यकाको नाकामै निगारनी गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार त्यही एपमा प्रहरीले फोटो खिचेर हालेपछि ट्र्याक गर्न सकिनेछ । लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन ९मापसे० परीक्षणमा जनशक्ति थपेर कडाइ गरिएको छ । क्युआरटी र टिआरएस टोली परिचालन गरिएको छ, यो करिडोर व्यवस्थापनका लागि भएको उनले बताए । उपत्यका भित्रिने १० नाकाहरुमा विशेष जाँच गर्न थालिएको छ ।

प्रहरी नायब महानिरीक्षक  भरतबहादुर बोहराकै कमाण्डमा २५ जना सहभागी कमाण्ड पोष्ट नै स्थापना गरी ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । जस्तोसुकै घटनाको ‘रेष्पोन्स’ दिनका लागि उक्त कमाण्ड पोष्ट निर्माण गरिएको हो । नियमित अनुगमन जारी रहेको तथा सम्मानजन व्यवहारमाथि समेत निगारनी भइरहेको उनले बताए । 

यातायात सहज पार्ने प्रयास

तिहारमा घर जाने यात्रुका कारण केही दिनदेखि यातायातमा समेत चाप बढेको छ । तर पनि दसैँमा जस्तो सास्ती खेप्न भने नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

“सडकको जोखिमपूर्ण अवस्था कायम हुँदाहुँदै पनि हामीले यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि अहिले सवारी साधान थप गरेका छौँ, यसपालि ढुक्कले तिहार मनाउन जान पाउने वातावरण निर्माण गरेका छौँ”, उनले भने।

दैनिक रुपमै यात्रुहरुले टिकट काटेर जानसक्ने अवस्था रहेको पनि उपाध्यक्ष सिटौलाले बताए । उनले भने, “अग्रिम बुक गर्नुपर्ने बाध्यता छैन तर अग्रिम बुक गर्दा यातायात सिट व्यवस्थापनमा भने सहज हुनेछ ।” भाइटीकाकै दिनसम्म कोही यात्रुलाई अलपत्र पार्ने अवस्थामा यातायात व्यवसायी नरहेको उनले बताए । 

प्रतिक्रिया

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....