काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलन लिम्बुलाई इलाम २ को उम्मेदवार घोषणा गरेका छन् । सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रिय सदस्य विराजभक्त श्रेष्ठ, तोसिमा कार्की लगायत नेता कार्यकर्ताहरुले इलाम नै पुगेर लिम्बुलाई उम्मेदवार घोषणा गरेका हुन् ।
पार्टीले बिहिबार मिलन लिम्बुलाई बैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।