भूकम्प गएको ३ दिन बित्दासमेत राहत नपाएको भन्दै भूकम्प पीडितले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
जाजरकोटको भेरी नगरपालिका वडा–४ का स्थानीय वडामा जम्मा भएर कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले आफूहरुलाई समयमा राहत वितरण नगरेको साथै वडाध्यक्षले मनोमानी ढंगले आफ्नालाई मात्र राहत सामग्री दिएको आरोप लगाएका हुन् ।
वडाका अनुसार सोमबार बिहान राहत वितरण गर्ने तयारी गरेको तर उनीहरुले वडामा तालाबन्दी कायम गरेका कारण राहत वितरण हुन सकेको छैन । कार्यालय परिसरमा सुरक्षा दिनका लागि प्रहरी तैनाथ गरिएको छ ।
वडाध्यक्ष बसन्त प्रसाद शर्माका अनुसार अत्यावश्यक भएकालाई राती नै राहत वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा ढिलाइ भएको हो ।