गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट !

सिधाकुरा

कर्णाली। पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान होभन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अङ्गालेको देखिन्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर पनि प्रदेशकै एक मात्र सहरका रुपमा परिचित र सम्पन्न नगरपालिका हो जो उपमहानगरोन्मुख अवस्थामा छ । दश जिल्लाका सदरमुकामहरु सहरोन्मुख अवस्थामा छन् । पालिकाका केन्द्रहरु बजारमा रुपान्तरण हुँदैछन् । क्रमिक रुपमा हुँदै गएको विकासले हाम्रा परम्परागत संरचना, अभ्यास र काम गर्ने शैलीमा पनि बदलाव आएको छ ।

यही बदलावको समयमा पनि राजधानी सहर वीरेन्द्रनगरमा परम्परागत प्रविधि र अभ्यासको पुनरावृत्ति भएको छ । गाउँमा हराउँदै गएको परम्परागत पानी घट्ट वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद पार्कको मूलढोका नजिक सञ्चालनमा छ । यो देख्ने धेरैले अनौठो मान्दै प्रश्न गर्ने गर्छन्, ‘ओहो ! यहाँ पनि पानी घट्ट !’ कसले चलाएको हो रु घट्टमा अन्न पिस्न मान्छेहरु आउँछन् र ? कहिलेदेखि घट्ट सञ्चालनमा आएको हो रु छिटोछरितो हुने मिलमा नपिसेर किन मान्छेहरु पानी घट्ट धाइरहेका छन् ?

अचेल गाउँका मान्छे कोदो, मकै, गहुँलगायत परम्परागत अन्न पिस्न मिलमा जाने गर्छन् । उनीहरु त्यसैमा बढी आकर्षित छन् । यद्यपि त्यही रैथाने अन्न पिस्नका लागि सहरका मान्छेहरुको आकर्षण पानी घट्टमा छ । ठीक उल्टो छ । मिलमा जाने रोजगारविहीन गाउँका नागरिक पैसा तिरेर अन्न पिस्छन् तर रोजगारी तथा प्रतिव्यक्ति आय राम्रै भएका सहरका नागरिकहरु पैसा होइन, चार भाग अन्न पिसेमा सम्बन्धित घट्ट धनीलाई एक भाग पीठो दिएर फर्कछन् ।

घट्टमा पिसेको खाद्य वस्तु स्वादिलो, खँदिलो र शरीरका लागि हितकर हुने भएकाले मान्छेहरुको आकर्षण यसतर्फ बढ्दै गएको मार्सी होटल सुर्खेतका सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए । “सुर्खेतमा परम्परागत पानी घट्ट थियो भन्ने मलाई यसअघि थाहा थिएन,” उनले भने, “जब थाहा पाएँ, त्यसपछिका दिनहरुमा मैले कोदो, जौ, गहुँ र मकै पिस्न यही ल्याउँछु । मेरो होटलमा आउने आन्तरिक र बाह्य पाहुनाहरुलाई निरन्तर अग्र्यानिक खाना खुवाउने गरेको छु ।”

उनका अनुसार परम्परागत घट्टमा पिसेर आगोमा पकाएको खाना मानव स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकाले पनि अहिले मान्छेहरुले त्यसरी बनाएको भोजन खोजिरहेका छन् । सहरमा बनाएका भड्किला र पूर्वतयारी एवं पत्रु खानाले अस्वस्थकर दिनचर्या बढ्नाका साथै मान्छेहरु नसर्ने रोगले बढी थलिन थालेका छन् । तर पानी घट्टमा पिसेको अन्नबाट बनेका परिकार अग्र्यानिक, पोषिलो र मानव उपयोगी हुने धेरैको भनाइ रहेको छ ।

गाउँले एकातिर आफ्नो कामको भार कम गर्न चाहन्छ भने अर्कोतिर प्रकृतिप्रदत्त वस्तु मानव जीवनका लागि कति हितकर भन्नेप्रति महत्व दिएको पाइँदैन । त्यसको पहिलो कारण गाउँ आफूले उत्पादन गर्ने वस्तु उपभोगबाट हुने किफायतीबारे सचेत छैन भने दोस्रो कारण हो गरिबी ।

गरिबीका कारण उनीहरुलाई भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, आइरन, मिनरल्सलगायत सबै मिलेको क्यालोरीयुक्त भोजनभन्दा पेट भर्न पाए हुन्थ्यो भन्ने छ । यसले गर्दा आयातीत र त्यसमा पनि सस्तो चीज किनेर उपभोग गर्छन् भने आफूले उत्पादन गरेका औषधीय गुणयुक्त जैविक उत्पादन बेच्ने गर्छन् । कम उत्पादनमा बढी मूल्य पाउनमै उनीहरु आफूमा खुसी र सन्तुष्टि मिलेको महसुस गर्दछन् ।

यसो हुनुमा गाउँले आधुनिक विकासले मानव जीवनशैलीलाई सरल बनाएको अनुभूति गरेको तर मानव अस्तित्वमाथि सङ्कट र चुनौती थपिरहेको मननयोग्य कुरा नबुझेको मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख तथा जलवायु परिवर्तनसम्बन्धीविज्ञ खगेन्द्र अधिकारीले जानकारी दिए । परम्परारगत घट्ट हराउँदै जानुमा हिमालमा पानीको स्रोत घट्नु र विपद् कारण भएको उनले बताए ।

“घट्ट परम्परागत प्रविधि मात्र होइन, वातावरण संरक्षणको एउटा राम्रो उपयोग र आधार दुवै हो,” विज्ञ अधिकारीले भने, “परम्परागत प्रविधिको अस्तित्व काय रहिराख्नु भनेकै वन, वातावरण, वन्यजन्तु र पानीका स्रोतहरुको संरक्षण हो । मानव अस्तित्वको रक्षा गर्नु हो । जलवायु परिवर्तन रोकथाममा सहयोग पु¥याउनु हो । यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रगाढ बनाउन सघाउँछ ।”

पानी घट्ट वातावरण संरक्षणमैत्री भएकोले यसको संरक्षण तथा प्रवद्र्धन हुनुपर्ने राससलाई बताउँदै उनले बरु यसलाई सुधारिएको घट्ट अर्थात आधुनिकीकरण गर्न सकिने प्रतिक्रिया दिए । डिजेल, पेट्रोलको खर्च, घटाउने र त्यहीँबाट बिजुली निकाल्न सकिने भएकाले परम्परागत घट्ट सञ्चालन प्रविधि तथा त्यसबाट प्रशोधन हुने खाद्य पदार्थ मानव स्वास्थ्यका लागि हितकर हुने हुँदा पछिल्लो समयमा आफ्ना अन्न बाली पिस्न डिजेल मिलमा भन्दा घट्टमा जानेको आकर्षण बढ्दो रहेको उनको भनाइ छ ।

गाउँमा पानी घट्ट खोज्नुपर्ने परिस्थितिमा सहरमा घट्ट पाउनुलाई दुर्लभ कुरा नै मान्न सकिन्छ । सडक पूर्वाधार जोडिएसँगै पछिल्लो समयमा हिमाली तथा पहाडी भेकमा परम्परागत पानी घट्टहरु हराउँदै गएका छन् । सडकसँगै बिजुली जोडिएपछि त्यहाँका स्थानीयहरु आधुनिक मिलमा आफूले उत्पादन गरेका अन्नबाली पिस्दै आएका छन् ।

हिजो खोला किनारमा निर्मित परम्परागत घट्टहरु कताकतैबाहेक आजभोलि देखिन छोडेका छन् । धेरै घट्टहरु बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण भत्किएका छन्भने गाउँगाउँमा विद्युत् सेवा विस्तारसँगै विद्युत् र कतै डिजेलबाट मिलहरु सञ्चालन हुन थालेपछि परम्परागत पानी घट्ट विस्थापित हुँदै गएका छन् ।

घट्ट धनी तिलाराम चालिसेले पानी नियमित नहुँदा बाह्रै महिना सेवा दिन नसकिएको बताउँछन् । “मान्छेहरु कोदो, मकै, गहुँ, जौ र भटमास लिएर अन्न पिस्न आइरहन्छन्,” चालिसेले भने, “भदौ र असोज महिनामा अति घुइँचो हुन्छ । घट्टमा पिसेको अन्नको पीठो राम्रो हुन्छ भनेर स्थानीयहरु यहाँ आइराख्छन् ।” यहाँ आउनेहरुले रैथाने अन्न ल्याएर पिस्न आउने गरेको उनले जनाए ।

स्थानीय ललिता रिजालले घट्टमा पिसेको खाँदा जस्तो अरूमा स्वाद नमिल्ने गरेको बताए । उनले भने, “घट्टमा पिसेको पीठोको स्वादजस्तो राम्रो अरुमा तयार गरिएको कुनै पनि हुँदैन । मिलमा पिसेको स्वादरहित हुन्छ । हामीले पानी घट्टमा अन्न पिसेर दाउरा भएसम्म आगोमा नै पकाएर खाँदै आएका छौँ ।” यसरी खाँदा खाना स्वादिलो, खँदिलो र पाचनयोग्य हुने गरेको रिजालले जनाए ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य हिजोको पुस्ताले प्रयोग गर्ने प्रविधिहरु मानवमैत्री भएको जिकिर गर्छन् । प्रकृतिको काखमा बसेर त्यसले प्रदान गरेका चीजको सदुपयोग गरी साझा प्रयासबाट गरिने उतिबेलाका कर्मले मौलिकता, मान्छेहरुको बीचको सम्बन्ध, आयु र आरोग्य सबै सन्तुलन कायम राखेको उनले बताए ।

“मानव निर्मिति साधन, उपकरण र संरचनाले कामको बोझ घटाएको छ,” आचार्यले भने, “तर प्रकृति विरुद्धका कार्यहरुले मानव अस्तित्व त्यत्तिकै खतरामा पुगेको छ । आधुनिकताको अनुसरण गर्दै गरेको भन्दा यसको चरम स्वाद लिएको हरेक मान्छे र देश अब प्रकृतितर्फ फर्कनुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।” जलवायु परिवर्तन अनुकूलनमा पानी घट्टको ठूलो महत्व रहेको उनको भनाइ छ ।

अन्न पिस्ने परम्परागत घट्ट, तेल पेल्ने कोल तथा दुनो, धान कुट्ने ढिकी, दाल पिस्ने जाँतोलगायतका पुराना प्रविधिहरु कम खर्चमा प्रयोगमा ल्याउन सकिने र त्यसबाट प्रशोधितले चिजले मानव स्वास्थ्य र प्रकृति संरक्षणमा ठूलो योगदान पु¥याउने भएकाले ती साधन र प्रविधिहरु उपयोगमा ल्याउनुपर्ने विज्ञहरुले सुझाउँदै आएका छन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
Skip Advertisement
Advertisement X