
काठमाडौँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचौर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएको छ।

मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ चिनियाँ नागरिक रहेका छन् । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको थियो ।
दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार थिए ।



