काठमाडौँ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन साझेदार एवम् नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीले सहकारी रकम अपचलनमा आफू माथि लगाइएको आरोपको खण्डन गरेका छन् ।
उनीसहित ३१ जना विरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा तीन वटा कसुरमा मुद्दा दायर भएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा उनीहरू माथि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा आरोप पत्र दायर गरिएको हो ।
आरोप पत्रमा उनीमाथि सम्पत्ति शुद्धिकरणमा ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बिगो कायम गरिएको छ । प्रहरीको यो दाबी मात्रै हो । जबकी छविलाल जोशीले आफ्नो बयानमा गोर्खा मिडियामा रकम ल्याउने कार्यको सम्पूर्ण जिम्मा गितेन्द्रबाबु राई जीवीले लिएको र आफूहरूको कुनै संलग्नता नभएको बताएका छन् ।
यस्तो छ छविलाल जोशीले प्रहरीसमक्ष गरेको बयानः