काठमाडौँ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध ३ वटा मुद्दा दर्ता भएको ंसंसद सचिवालयमा जानकारी गराएको छ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर भएकाले पत्र मार्फत जानकारी गराएको हो ।
कास्की प्रहरीले पठाएको पत्र प्राप्त भएकाले सोमबारबाट प्रक्रियामा जाने संसद सचिवालयले जनाएको छ ।