जाजरकोट । गत शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पले कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुर्याएको छ भने १३ जिल्ला प्रभावित भएको छन् । विपद पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा जिल्लास्थित प्रशसन कार्यालयहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार १५३ जनाले ज्यान गुमाएका छन् भने ३६४ जना घाइते छन् । यस बाहेक भौतिक क्षतिको विवरण अर्बाैँमा छ ।
सयम: २०८० कात्तिक १७ गते शुक्रबार राति ११.४७ बजे
म्याग्निच्युट: ६.४
हालसम्मका पराकम्प: ४ म्याग्निच्युट माथिका १० वटा
४ म्याग्निच्युट भन्दा कमका करिब ५ सय भन्दा बढी पराकम्प
धेरै प्रभावित जिल्ला: जाजरकोट र रुकुम पश्चिम
प्रभावित जिल्ला: रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम ।
मानवीय क्षति: ७८ जना बालबालिकासहित १५३ जनाको मृत्यु ।
जाजरकोट: १०१ जनाको मृत्यु (५६ महिला र ४५ पुरुष)
रुकुम पश्चिम: ५२ जनाको मृत्यु (२७ महिला र २५ पुरुष)
घाइते: ३६४ जना ।
जाजरकोटमा: १४५ जना ।
रुकुम पश्चिममा: २०० जना ।
सल्यानमा: २ जना ।
रोल्पामा: १ जना ।
दैलखमा: ३ जना ।
बैतडी: ३ जना ।
जुम्ला: ६ जना ।
कालिकोट: १ जना ।
प्युठान: ३ जना ।
भौतिक क्षति
पूर्णरुपमा भत्किएका घर: २६ हजार ५ सय २०
आशिंक रुपमा भत्किएका घर: ३५ हजार ३ सय ९१
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको वस्तुस्थिति
मानविय क्षति: १०१ जना
घाइते: १४५ जना
भौतिक क्षति: ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षति
२४ हजार ७ सय ७ घर आशिंक क्षति
बिद्यालय भवन क्षति: जाजरकोटका ३ सय ४९ विद्यालयमा क्षति
पूर्णरुपमा क्षति भएका १ सय ७ विद्यालय
प्रभावित जनसंख्या: ३४ हजार ५ सय १ घरका १ लाख ७९ हजार ८ सय ९३ जना
गाईवस्तु पुरिएका: १ सय ४५ भन्दा धेरै
रुकुम पश्चिमको वस्तुस्थिति
मानविय क्षति: ५२ जना
घाइते: २०० जना
भौतिक क्षति: १६ हजार ५ सय ७० घर पूर्णरुपमा क्षति
९ हजार ९ सय ६१ घर आशिंक क्षति
६६ विद्यालयमा क्षति
गाईवस्तु पुरिएका: १ सय भन्दा धेरै
रुकुम पूर्वमा २ घर पूर्णरुपमा क्षति हुँदा १८२ आशिंक क्षति
सल्यानमा २ जना घाइते हुँदा ४१८ घर आशिंक क्षति हुँदा १२९ घर पूर्णरुपमा भत्किएका छन् ।
रोल्पामा १ जना घाइते भएका छन् भन् १७ घर पूर्णरुपमा ढलेका छन् । ८३ घर आशिंक क्षति पुगेको छ । दैलेख, बैतडी र काालिकोटमा १/१ घर भत्किएका छन् भने जुम्लामा ५ घर भत्किएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा १७ वटा सरकारी कार्यालय भत्किएका छन् ।