काठमाडाैँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा सुरक्षा कमजोरी भएको भन्दै ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । घटनाको छानबिन गर्न गठित एआईजी वंशीराज दाहाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले प्रतिवेदन पेश गर्दै ७ जनालाई कारबाही गर्न सिफारिस गरेका हुन् ।
समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छानबिन प्रतिवेदनमा गन्ध र धुवाँ आउनासाथ तत्काल नियन्त्रणमा नलाग्नु र आगलागी फैलनुमा सुरक्षा कमजोरी भएको उल्लेख गरेको छ ।
अनुसन्धानको दायरामा ल्याइएका १८ जनामध्ये एसपीसहित ड्युटिमा खटिएका अन्यलाई विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको हो ।