दाङ । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका–६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन । मोटरसाइकलले हिज विकलाई ठक्कर दिएको थियो ।
बिहिबार पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका–८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।