चित्लाङमा दूध दिने बाख्रा विकास गरिँदै

सिधाकुरा

हेटाैँडा । दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ ।

वर्षमा दुईपटक बियाउने र एक बेतमा करिब आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने ‘सानन’ जातको बाख्रा तयार गरिरहेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ । बाख्राको दूध छिमेकी मुलुक भारतमा प्रतिलिटर रु एक हजारले बिक्री हुने गरेको छ । सोही जातको बाख्रा किसानले पाल्न सक्ने गरी विकास गरिरहेको बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार नेपालमा विसं २०७२ मा स्विजरल्यान्डबाट ल्याइएको उक्त बाख्राको सङ्ख्या हाल ३५ वटा पुगेको छ । अब किसानलाई पालनका लागि वितरण गर्ने तयारी रहेको उनले बताए। दूध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबका लागि गाईसरह भन्न मिल्ने उनको धारणा छ । उनले भने, “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिन्छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यति धेरै दूध आउने गर्छ ।” 

“हामीले स्थानीय खरी जातको बाख्रा र सानन जातको ‘क्रस’ (दुई जातका बीच प्रजनन प्रक्रिया) उत्पादन गरिरहेका छौँ जसलाई नेपालको कुनै पनि हावापानीमा पाल्न मिल्छ,  यी जातका बाख्रा बलिया र निरोगी छन्”, उनले भने ।  दूधमा आत्मनिर्भर हुन पोषिलो दूधका लागि यो जातको बाख्रा उपयुक्त हुने उनको भनाइ छ । 

सानो परिवारलाई दैनिक तीनदेखि चार लिटर दूध पर्याप्त हुने  र बाख्राको दूधमा कोलेस्टोरेल नहुने भएकाले यो दूध उत्कृष्ट हुने फार्मका पशु प्राविधिक बताउँछन् । कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत सञ्चालित बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर सङ्ख्या बढाउँदै हाल ३५ वटा पु¥याइएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि एक सय किलोग्रामसम्म हुन्छ ।  बाख्रा भने ७५ देखि ८० केजीसम्मको हुने फार्मका प्रबन्धक यादवले बताए । 

बाख्राको दूध जुनसुकै उमेर समूहले खान मिल्छ । सरकारी दररेटअनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले बिक्री गर्ने गरिएको छ । नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइसम्ममा पालन गर्न सकिन्छ । 

अन्य जातका बाख्राभन्दा यी बाख्रा चाँडो हुर्कने र दूध उत्पादनका लागि आहाराको मात्रा बढी दिनुपर्ने हुन्छ । तत्कालीन राणा शासकले विसं २००१ मा स्थापना गरेको भेँडा फार्मपछि बाख्रा विकास फार्ममा परिणत गरिएको हो । फार्मले मागअनुसार बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भएको भन्दा तेब्बर माग हुने गरेकोे फार्मले जनाएको छ । सरकारी फार्ममा शुद्ध नस्लको बाख्रा पाइने विश्वासले किसानले धेरै माग गर्ने गरेको फार्मका प्रबन्धक यादवको भनाइ छ । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन जातको बाख्रा उत्पादन गर्दै आएको छ । फार्ममा चरिचरनका लागि बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडापालनमा समस्या हुने गरेको छ । जग्गा पर्याप्त भए पनि चरिचरन क्षेत्र थोरै भएकाले वर्षको छ महिना मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदिलाई साइलेस (घाँसको गुन्द्रुक) बनाएर फार्मले राख्ने गरेको छ । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दूधका लागि जर्सी गाई पालिएको छ ।

किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्ममा उक्त जातको एउटा बाख्राले एक बेतमा आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने गरेको फार्मले जनाएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....