आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलअन्तर्गत म्याच स्कोर बराबरी बनाएर सुपरओभरमा गएको खेलमा नेपाल पराजित भएको छ ।
आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा नेपाल र ओमान दुवैले बराबरी १८५ रन बनाएर सुपर ओभरमा गएका थिए ।
सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो तर नेपालले निर्धारित १ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाउँदा पराजित भएको हो ।