२१ भदाै, काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक, शुन्य र विशेष समयमा आक्रमणको बिषयलाई लिएर सांसदहरुले आवाज उठाएपछि सभामुख घिमिरेले यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । त्यस्तै उनले कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाका बिषयमा समेत जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बैठकमा सांसदहरुले यादवमाथिको आक्रमण र बालिका मृत्युको घटनामा छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन ।