आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले नेपाललाई १४६ रनको टार्गेट दिएको छ ।
निर्धारित ओभरमा ९ विकेट गुमाउँदै सिंगापुर १४५ रन बनाउन सफल भएको हो । नेपालका लागि अविनाश बोहोराले १९.३ ओभरमा नवौँ , १७.४ ओभरमा अनन्थ कृष्णलाई आउट गराउँदै आठाैँ र १७.२ ओभरमा थिलिप ओममदुराई थिलापनलाई आउट गराउँदै सातौँ गरी ३ विकेट दिलाएका छन् ।
त्यस्तै करण केसीले १६.३ ओभरमा मनप्रित सिंहलाई आउट गराउँदै छैटौँ विकेट दिलाएका थिए । त्यस्तै उनले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तालाई बोल्ड आउट गराउँदै पहिलो विकेट लिएका थिए ।
त्यस्तै सन्दीप लामिछानेले ६.५ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो र १०.१ ओभरमा जनक प्रकाशलाई आउट गराउँदै पाचौँ विकेट दिलाएका थिए ।
त्यस्तै गुल्सन झाले ७.१ ओभरमा रोहन रेन्गाराजनलाई आउट गराउँदै तेस्रो र ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए ।
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।