काठमाडाैँ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई हराएको छ । सोमबार भएको खेलमा घरेलु टिम नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ पराजय गरेको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जसमा नेपालले १६.१ ओभरमै ४ विकेट गुमाएर जित हात पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३७ बनाए भने दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । त्यस्तै ओपनर आसिफ शेखले १६ रनमा, कप्तान रोहित पौडेलले शून्य र गुलशन झाले ४ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोराले ३६ रन बनाएका थिए ।