काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएको छ । आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्छ भने आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा काठमाडौँको स्वयम्भुस्थित सरस्वती मन्दिरमा ले अक्षरारम्भ गर्नेहरुको बिहानै देखि भिड लागेको छ भने विद्यालयले पनि विद्यालयमै सरस्वती पूजा गराएका छन् ।