उदयपुर । उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् । कार्यपालिकामा १७ जना सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधारणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको कार्यालयमा सोमबार वडा अध्यक्षहरुले तालाबन्दी गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आएपछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए ।