विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिएको छ ।
सिंहदरबारस्थित पूरानो गृह मन्त्रालयको कार्यालयमा रहेको आयोगले महरासँग बिहीबार दिउँसो बयान लिएको हो।
त्यस्तै आयोगले ६० किलो सुन प्रकरणमा बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग पनि बयान लिएको छ । भण्डारीले ६० किलो सुन प्रकरणका व्यवस्थापक दावा छिरिङसँगको कनेक्सन सिधाकुराले खुलासा गरेको थियो । उनीहरुबिच फोनमा पनि पटक–पटक संवाद हुने गरेको तथ्य बाहिरिएको थियो ।
सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारकी वकिलको कार्यालयले योजनाकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्नुपर्ने बताएको थियो ।
त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनका प्रिय पात्र भिमकान्त भण्डारीलाई सीआइबीले कागज गराएर थप अनुसन्धान नै नगरी उन्मुक्ती दिइएको थियो ।
सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ श्रृङ्खला ५ : तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी श्रृङ्खला ६ : EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी
श्रृङ्खला ८ : सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’