काठमाडौँ । सरकारले ल्याएको समाजिक सञ्जाललाई नियमन गर्ने विधेयकबारे संसदमै विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्यसको बिरोध गरेकी हुन् ।
उनले जसका लागि कानुन ल्याउन लागिएको उनीहरुकने माग नै सम्बोधन नहुनु दुखको कुरा भएको बताइन् ।
म भन्न चाहन्छु । युवालाई बोलाउनुस् । युवासँग संवाद गर्नुस, जनातको आवाज सुन्नुस् । पेलेर कसरी गोलमाटोल तरिकाले दुई तिहाइको दम्भ प्रस्तुत गरी कानुन पास गर्ने गरिएको त्यो पहिला पनि देखेकै हो । त्यासैले सरोकारवालसँग छलफल होस् ।’
त्यस्तै युवाहरूलाई सम्बाेधन गर्दै उनले भनिन्, ‘तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ ।’
सबै सांसदहरुले आफ्नो पार्टीमा भएपनि नभएपनि युवाको आवाज सुन्नुपर्ने भन्दै उनले थपिन्, ‘बोल्न दे सरकार, ह्यासट्याग रिभाइज सोसल मिडिया बिल’ ।