१९ भदौ, काठमाडौं - काठमाडौं माछापोखरीको कुमारीस्थान परिसरमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।
मंगलबार बिहान ९ बजेर २४ मिनेट जाँदा दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको दाबी छ । जुन भिडियो उनले सामाजिक संजालमा समेत राखेका छन् ।
खुद्रा व्यापारीसमेत रहेका श्रेष्ठ बैंकमा पैसा गर्न जाने तयारीमा रहँदा रोकेर राखिएको गाडी भित्रबाट नगदसहितको झोला चोरिएको हो ।
सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।
उक्त घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुमा उजुरी दर्ता भएर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।