![]( https://sidhakura.com/content/upload/post_image/hp-asim-samsadjpggmsftn67a.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले संसदलाई सरकारको आदेश पालक बनाइएको भन्दै खेद व्यक्त गरेका छन् ।
बिहिबार संसदकाे सून्य समयमा बोल्दै साहले सरकारले प्रतिशोध साँधेर रवि लामिछानेमाथि मुद्दा चलाइरहेको बताउँदै सरकारकै आदेश पालकका रुपमा संसदले पनि ग्रैह कानुनी रुपमा सांसद पद निलम्बन गरिदिएको भन्दै आपत्ती जनाए ।
"सरकारले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला गुमाइरहेको,वकिल फेरेर मुद्दा लड्न पठाइरहेको कुरा कसरी आइरहेको छ, जनताले बझिसकेका छन्,यसमा हामीलाई केही भन्नुछैन । तर, सार्वभौम संसदले पनि माननिय रवि लामिछानेको संसद पद निमलम्बन गर्न सरकारको आदेश पालक बननु खेदजनक छ," सांसद साहले भने, "न त रवि लामिछानेलाई अदालतले पूपक्षका लागि थुनामा पठाएको छ, न त अभियोग दाबी बमोजिम राष्ट्रसेवकको परिभाषामा उहाँलाई राख्न मिल्छ। यसरी कानुनको अपव्याख्या गरेर अराजनीतिक र बदनियत सैलीमा रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्नुपुर्ण गै्रहकानुनी रहेको छ ।"
संसद कुनै व्यक्तीको, कुनै दलका विषेशको वा सत्ताधारीकाे निजी अखडा नभएकाे पनि साहले बताए । रास्वपा सुसंस्कृत राजनीतिमा विश्वास गर्ने भन्दै उनले संसदीय मर्यादा ध्वस्त पार्ने काम बन्द गर्न आग्रह गरे । उनले रवि लामिछानेको सांसद पद निलम्बन अविलम्ब फुकुवा गर्न पनि उनले आग्रह गरे ।