
काठमाडौँ । एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडनलाई ४ विकेटले पराजित गरेकाे हाे । क्यानडाले दिएको २८६ रनको टार्गेट नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५० जोडका हुन् । टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
रोहित र देव खनालले १ सय ५० रनको साझेदारी गरे । ओपनर अनिलकुमार शाहले १९ बलमा किर्तीमानी अर्धशतक प्रहार गरे । आशिफ शेखले १० र भिम सार्कीले २३ रनको योगदान गरे। कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे ।