काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
यसअघिका मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्ट्राचार मुद्दा लागेर निलम्बनमा परेपछि उनी कायममुकायम मुख्यसचिव भएकी थिइन् । उनी पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् ।
उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जाँदैछिन् ।